चितवनमा गैंडा मारेर भागेका अभियुक्त २३ वर्षपछि काठमाडौंमा पक्राउ


२५ माघ २०७८, मंगलवार
pakrau
फाइल फोटो

काठमाडौं । गैंडाको खाग चोरी गरेको मुद्दामा फरार एक अभियुक्तलाई चितवन निकुञ्ज प्रशासनले २३ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिका नगरपालिका-२ का ५८ वर्षीय कृष्णप्रसाद न्यौपाने हुन् ।

न्यौपानेलाई २०५७ माघ २५ गते गैँडा मारी खाग तस्करी गरेको अभियोगमा १० वर्ष कैद र १ लाख रुपैयाँ जरिवाना तोकिएको थियो । उनलाई यही माघ ७ गते पक्राउ गरी सोमबार सार्वजनिक गरिएको हो । लुकीछिपी बसेको अवस्थामा उनलाई काठमाडौँको तारकेश्वर नगरपालिका-७ फुटुङ्गबाट पक्राउ गरिएको हो ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार पक्राउ परेका न्यौपानेलाई कोरोना सङ्क्रमण देखिएको थियो । रिपोर्ट नेगेटिभ आएपछि उनलाई कारागार कार्यालय भरतपुर पठाइएको उनले जानकारी दिए । २०५५ कात्तिक २८ गते निकुञ्जको अमृते पोस्टबाट करिब १ दशमलव ५ किलोमिटर पूर्व खाडलमा पारी गैँडा मारी खाग तस्कर गरेको अभियोेग उनलाई लागेको छ । सो घटनामा १२ जना आरोपित थिए । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७