फाप्ला क्रिकेट रंगशालालाई सरकारले दियो साढे ३८ विघा जग्गा


२५ माघ २०७८, मंगलवार
phapla stadium dream project XZmIaXKlnO

धनगढी । धनगढीको फाप्ला अन्तर्राष्टिय क्रिकेट रंगशालाका लागि सरकारले जग्गा उपलब्ध गराएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कैलालीको धनगढीस्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई साढे ३८ बिघा जग्गा उपलब्ध गराउने निणर्य गरेको हो ।

माघ १० गतेको मन्त्रिपरिषद्को बैठकले निणर्य गरेपनि सोमबार मात्रै पारित भएको धनगढी क्रिकेट एकेडेमी तथा फाप्ला क्रिकेट मैदानका अभियन्ता सुवास शाहीले जानकारी दिए ।

सरकारले जग्गा उपलब्ध गराएपछि शाहीले सरकार र यो अभियानमा सहभागी हुने सबैलाई धन्यवाद दिएका छन् । फाप्ला क्रिकेट मैदानमा धनगढी प्रिमियर लिग (डीपीएल) २०१९ मा सम्पन्न भएको थियो । ७० हजार दर्शक क्षमताको अन्तर्राष्टिय क्रिकेट मैदान बनाउने उदेश्यले सन् २०१५ मा ड्रिम फाप्ला अभियान सुरु भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७