पुटिन र म्याक्रों युक्रेनमाथिको वार्ताप्रति सकारात्मक


२५ माघ २०७८, मंगलवार
talk between putin n macron1644303688

काठमाडौं । फ्रान्सका राष्ट्रपति इमान्युयल म्याक्रोंले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनसँगको वार्तापछि युक्रेनको समस्या शिथिल पार्नका लागि आगामी केही दिन निकै महत्वपूर्ण रहेको बताएका छन् । पुटिनले पनि युक्रेनको सिमानामा रुसी फौज तैनाथ गरिएपछि भएको एक पश्चिमी नेतासँगको यो मस्को वार्ताले प्रगतिको संकेत दिएको जनाएका छन् । मस्कोको युक्रेनमाथि आक्रमण नगर्ने अडानका बाबजुद पनि पश्चिमी शक्ति राष्ट्रहरू द्वन्द्वको सम्भावनाका कारण निकै चिन्तित छन् ।

आइतबार अमेरिकाले रसियाले पूर्ण चरणको युद्धका लागि आवश्यक ७० प्रतिशत फौज जम्मा गरिसकेको जनाएको थियो । सोमबार ह्वाइट हाउसमा जर्मन चान्सलर ओलाफ स्कोल्जसँगको भेटवार्तालगत्तै अमेरिकी राष्ट्रपति जो बाइडेनले यदि रसियाले युक्रेनमा हमला गरेको खण्डमा जर्मनीतर्फ जाने रसियाको प्रमुख ग्यास पाइपलाइन बन्द गरिदिने चेतावनी दिएका थिए ।

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले पनि रसियामाथिका आर्थिक नाकाबन्दीलाई समर्थन गर्ने बताएका छन् । द टाइम्स अखबारमा एक लेखमार्फत उनले बेलायतले पूर्वी युरोपमा शाही वायुसैनिक फौज ( आरएएफ) का लडाकु र शाही नौसैनिक युद्धपोतहरू तैनाथ गर्नेबारे सोचिरहेको पनि बताएका छन् । पश्चिमी जगतले युक्रेनलाई नेटोको सदस्य नबनाउने र पूर्वी युरोपमा नेटोको फौजको उपस्थिति घटाउने जस्ता मस्कोका मागहरू अस्वीकार गरिसकेको छ । पश्चिमी मुलुकहरूले बरु परमाणविक हतियार कटौतीज स्ता विषयहरूमा वार्ता गर्न मस्कोलाई प्रस्ताव राखेका थिए ।

पाँच घण्टा लामो रात्रिभोजसँगसँगै पुटिनसँग वार्ता गरेका म्याक्रोँले आगामी दिनहरू निणर्ायक हुने र तीव्र छलफलको पनि आवश्यकता रहेको पत्रकारहरूलाई बताएका छन् । पुटिनले पनि म्याक्रोँका केही प्रस्तावहरूले थप संयुक्त पाइला चाल्नमा आधार सिर्जना गर्न सक्ने र ती प्रस्तावबारे अहिले कुुरा गर्दा सम्भवतः अलि हतारिएकै महसुस हुन सक्ने बताएका छन् ।

मंगलबार म्याक्रों युक्रेनी राष्ट्रपति भालोदिमिर जेलेन्सकीसँग भेटवार्ता गर्न किभ पुग्ने कार्यक्रम छ । त्यसपछि पुनः यी दुई नेताबीच वार्ता हुनेछ । पुटिनले पुनः एकपटक युक्रेनलाई नेटोमा आबद्ध नहुन र आठ वर्षअघि रसियाले कब्जा गरेको क्रिमिया फिर्ता लिने प्रयास नगर्न चेतावनी दिएका छन् । बीबीसीबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७