मन्त्रिपरिषद् बैठकले गर्‍यो यस्ता १३ निर्णय

विराटनगरका १८ क्षेत्रलाई वर्डफ्लु प्रभावित घोषणा


२५ माघ २०७८, मंगलवार
gyanendra bahadur karki 21643187158

काठमाडौं । सरकारले धितोपत्र दर्ता तथा निष्कासन पाँचौँ संशोधन नियमावली, २०७८ स्वीकृत गर्ने निणर्य गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निणर्य गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

त्यस्तै, मोरङको विराटनगर महानगरपालिका-१८ स्थित हिमालयन कृषि फार्मलाई केन्द्रविन्दु मानी बर्डफ्लु प्रभावित क्षेत्र घोषणा गर्ने निणर्य पनि गरिएको छ ।
यी हुन् सोमबारको मन्त्रिपरिषद् बैठकले गरेका निणर्य-

  • धितोपत्र दर्ता तथा निष्कासन पाँचौँ संशोधन नियमावली, २०७८ स्वीकृत गर्ने
  • वर्डफ्लु नियन्त्रण गर्न मोरङको विराटनगर महानगरपालिकाको वडा नम्बर-१८ स्थित हिमालयन कृषि फार्मलाई केन्द्रविन्दु मानी वर्डफ्लु प्रभावित क्षेत्र घोषणा गर्ने
  • स्थानीय तह निर्वाचन दफा ४ को उपदफा १ बमोजिम वि.सं. २०७९ साल वैशाख ३० गते बुधबार एकै चरणमा देशभरका सबै गाउँपालिका र नगरपालिकाको निर्वाचन गर्ने
  • राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण पहिलो संशोधन नियमावली, २०७८ स्वीकृत गर्ने
  • सिंगापुर, इटालीको रोम र रोमानियाको बुखारेस्टमा कार्यरत अवैतानिक नेपाली महावाणिज्यदूतहरूको अवधि थप गर्ने
  • डिजिटल प्रणलीमार्फत नाप, नक्सा तथा जग्गा प्रशासनसम्बन्धी सेवा प्रवाह निर्देशिका, २०७८ स्वीकृत गर्ने
  • पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजना कार्यालय गोरखाको कार्यक्षेत्रभित्र पर्ने नुवाकोटको सडकभित्र परेका तीनवटा घर-टहराको राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन स्वीकृत दिने
  • बालअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि १९८९ को छैटौँ आवधिक प्रतिवेदन स्वीकृत गरी संयुक्त राष्ट्रसंघमा पेस गर्न अनुमति प्रदान गर्ने
  • ०७८ फागुन ४ र ५ गते नर्वेमा भर्चुअल माध्यबाट हुने दोस्रो ग्लोबल डीसएबीलीबी समिटमा भाग लिन महिला, बालबलिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीको नेतृत्वको प्रतिनिधिमण्डललाई सहभागी हुने स्वीकृति दिने
  • फेवातालको जलाधार क्षेत्रलाई संरक्षित जलाधार क्षेत्र घोषणा गर्ने
  • राष्ट्रिय प्रसारण ११औँ संशोधन नियमावली, २०७८ स्वीकृत गर्ने
  • नसर्ने रोगहरूको रोकथाम तथा नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजना स्वीकृत गर्ने
  • लोकसेवा आयोग तथा बढुवा समितिको सिफारिसबमोजिम विभिन्न सेवा समूहका राजपत्रांकित द्धितीय श्रेणीका अधिकृतहरूलाई सम्बन्धित सेवा समूहको राजपत्रांकित प्रथम श्रेणीको सहसचिव पदमा बढुवा, नियुक्ति तथा पदस्थापना गर्ने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७