श्रीमती मारेर जेल परे, सुरुङ खनेर भागेको २० वर्षपछि फेरि समातिए


२६ माघ २०७८, बुधबार
pakrau
फाइल फोटो

सुर्खेत । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले कर्तव्य ज्यान मुद्दाका फरार दोषीलाई २० वर्षपछि मंगलबार पक्राउ गरेको छ ।
आफ्नै श्रीमती हत्या गरेर फरार रहेका महावै गाउँपालिका-३ कालीकोट घर भई हाल वीरेन्द्रनगर नगरपालिका-१० सुर्खेतस्थित बुद्बुदे टोल बस्ने ४५ वर्षीय धनराज सिंहलाई प्रदेश प्रहरी कार्यालयको विशेष टोलीले पक्राउ गरेको प्रवक्ता एवं प्रहरी वरिष्ठ प्रहरी उपरीक्षक राजेन्द्रसिंह खड्काले जानकारी दिए ।

२०५८ साउन २८ गते आफ्नै श्रीमतीको हत्या गरी कर्तव्य ज्यान मुद्दामा दोषी ठहर सिंहलाई सुर्खेत जिल्ला अदालतले पुर्पक्षका लागि २०५८ भदौ १४ गते कारागार चलान गरेको थियो । प्रहरीका अनुसार उनी २०५८ माघ २ गते सुर्खेत कारागारबाट सुरुङ खनेर फरार भएका थिए ।
२०६५ मंसिर १३ गते अदालतले अन्तिम फैसला गर्दै सिंहलाई २० वर्षको कैद सजाय तोकेको थियो । पक्राउ गरिएका सिंहलाई अदालतमा पेस गरेर कैद भुक्तानका लागि मंगलबारै सुर्खेत कारागार चलान गरिएको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७