युक्रेन संकट थप चर्काउन चाहँदैनन् पुटिन : म्याक्रों


२६ माघ २०७८, बुधबार
talk between putin n macron1644303688

काठमाडौं । फ्रान्सेली राष्ट्रपछि इम्यानुअल म्यक्रोंले रुसी समकक्षी भ्लादिमिर पुटिनले युक्रेन संकट थप चर्काउन नचाहेको बताएका छन् । आफूसँगको भेटमा पुटिनले युक्रेन सकट थप चर्काउन नचाहेको उल्लेख गरेको म्याक्रोंले बताएका हुन् ।

युक्रेनका नेताहरुसँग भेट गर्नुभन्दा पहिला म्याक्रोँले यस्तो बताएका हुन् । यद्यपि रुसले यस विषयमा पूर्ण प्रत्याभूतिको भने वचन दिएको छैन । अमेरिकालगायत पश्चिमा मुलुकले युक्रेनमाथि रुसले आक्रमणको योजना बनाइरहेको आरोप लगाएका छन् । रुसले करिब एक लाख सैनिक युक्रेनको सीमा क्षेत्रमा परिचालन गरेको छ । यद्यपि उसले युक्रेनमाथि आक्रमण गर्ने आफ्नो कुनै पनि योजना नरहेको स्पष्ट पार्दै आएको छ ।

अमेरिकाले भने रुसले युद्धको लागि रुसले ७० प्रतिशत तयारी पूरा गरेको बताएको छ । रुसले युक्रेनको सरकारमाथि जर्मनी र फ्रान्सको मध्यस्थतामा भएको मिन्स्क सम्झौता पालना नगरेको आरोप लगाएको छ । उक्त सम्झौतामा युक्रेनले पूर्वी क्षेत्रमा शान्ति स्थापना गर्नुपर्ने उल्लेख छ। युक्रेनको पूर्वी क्षेत्रमा रुस समर्थक विद्रोही समूहको नियन्त्रण छ । सन् २०१४ यता सो क्षेत्रमा १४ हजारभन्द धेरैको मृत्यु भइसकेको छ ।

फ्रान्सका राष्ट्रपति म्याक्रोंले आफ्नो कूटनीतिक यात्राम रुस र युक्रेन दुवै मुलुकका नेताहरुसँग वार्ता गरेका छन् । म्याक्रोंले अहिले दुई मुलुकबीचको वार्ता अघि बढाउने मौका रहेको उल्लेख गरेका छन् । यसले तनाव कम गर्नको लागि मार्गप्रशस्त गर्ने उनको भनाइ छ । युक्रेनका राष्ट्रपति भोलोडिमिर जोलेन्स्कीले रुसी समकक्षीलाई तनाव कम गर्ने विषयमा गम्भीर हुन आग्रह गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७