रौतहटमा मुखमा कपडा कोचिएको अवस्थामा गहुँबारीमा भेटियो महिलाको शव


२६ माघ २०७८, बुधबार
Rautahat Police Hatya

रौतहट । रौतहटमा एक महिलाको शव गहुँबारीमा फेला भेटिएको छ । रौतहटको ईशनाथ नगरपालिकामा एक विवाहित महिलाको शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।

ईशनाथ नगरपालिका-९ की १९ वर्षीया चाँदनी खातुनको शव फेला परेको रौतहटका प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए । महिलाको शव मुखमा कपडा कोचेको अवस्थामा लौतना र मठियाको बीचमा पर्ने ईशनाथ-४ स्थित गहुँबारीमा फेला परेको उनको भनाइ छ ।

प्रहरीका अनुसार उनको चार वर्षअघि ईशनाथ नगरपालिका-७ का एक युवकसँग विवाह भएको थियो । विवाह भए पनि उनी माइतीमै बस्दै आएकी थिइन् । ‘उनका श्रीमानले नै फोन गरेर बोलाएपछि चाँदनी राति घरबाट निस्किएकी रहीछन्’ प्रहरी उपरीक्षक घिमिरेले भने, ‘शवलाई पोष्टमार्टम पछि हत्याको बारेमा थप कुरा खुल्ने छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७