स्रोत नखुलेको ७० लाखसहित बालाजुबाट एक जना पक्राउ


२६ माघ २०७८, बुधबार
arrest 20220209083012

काठमाडौं । प्रहरीले स्रोत नखुलेको ७० लाख रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । महानगरी प्रहरी कार्यालय रानीपोखरी र बालाजु वृत्तबाट खटिएको संयुक्त टोलीले मंगलबार साँझ जाँचका क्रममा स्रोत नखुलेको ६९ लाख ९९ हजार रुपैयाँसहित नुवाकोट ककनी-३ चाउथे निवासी २९ वर्षीय नवराज ढुङ्गानालाई नियन्त्रणमा लिएको हो ।

काठमाडौं- १६ बाइपासस्थित ओरालो बाटोमा जाँच गर्ने क्रममा ढुंगानाले बोकेको कालो रंगको हाते झोला र साइड व्याग खोलेर हेर्दा लाखौ रकम भेटिएको थियो । झोलामा एक हजारका ५,७३४ नोट र पाँच सयका २,५३० नोट फेला परेको थियो ।

प्रहरी वृत्त बालाजुले बरामद गरिएको नगदसहित ढुंगानालाई थप अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग पठाएको छ । बरामद गरिएको रकम आपराधिक कार्यबाट आर्जित भएको हुनसक्ने भन्दै प्रहरीले सम्पत्ति शुद्धिकरण विभागलाई पनि आवश्यक अनुसन्धानको लागि अनुरोध गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७