रसुवाको चिलिमेमा अवस्थित तातोपानी मूल सुक्यो


२८ माघ २०७८, शुक्रबार
133 Shares
water

रसुवा । उत्तरी रसुवाको चिलिमेस्थित गोङ्गाङ माथिको तातोपानी मूल पुनः सुकेको छ । गानुगोला, टाउको दुख्ने, शरीर चिलाउने र दम जस्ता रोगको समस्या भएका व्यक्तिले औषधिका रूपमा प्रयोग गर्दै आएको पानीमूल सुकेपछि नुहाउन तथा लामो समय डुबेर बस्ने आधारविहीन भएको हो ।

विसं २०७२ को भूकम्पसँगै विलय भएको तातोपानीको मूल पाँच वर्षपछि गत भदौमा यथास्थानमै फर्किए पनि सुक्खायामसँगै केही दिन अगाडि उक्त मूल पुनः सुकेको स्थानीय बासिन्दाले बताएका छन् । परम्परागतरूपमा नुहाउँदै आएको तातोपानी मूल सुकेसँगै तातोपानी क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दामाझ चिन्ता छाएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

पर्यटकीय क्षेत्रको तामाङ सम्पदा मार्गअन्तर्गत पर्ने उक्त तातोपानीको मूल सुकेसँगै आन्तरिक एवं बाह्य पर्यटकको आकर्षण समेत घटेको छ । विशेषगरी प्रत्येक वर्ष कात्तिक र चैतमा नुहाउँदा शारीरिक रोग हट्ने मान्यता रहिआएको थियो । पानी पुनः फर्किएयता करिब १० हजार मानिसले नुहाइसकेका थिए ।

ncll 2

तातोपानीलाई व्यवस्थितरूपले उपयोग गर्न तत्कालीन समयमा कार्यरत ग्रामीण गरिबी निवारणका लागि पर्यटन कार्यक्रम (टिआर पिएपी) मार्फत निर्माण भएका आकर्षक ढुङ्गेधारा तथा पोखरी अलपत्र परेका छन् । प्राकृतिक स्रोतका अधिकतम् उपयोग गराइ तातोपानी क्षेत्रका विपन्न व्यक्तिलाई उत्थान गर्न विसं २०५७ मै पूर्वाधार निर्माण भएको र यस्ता सामाजिक कार्यमा पर्यटन विज्ञ रामचन्द्र सेढाईको अविस्मरणीय योगदान रहेको स्थानीय बासिन्दाले स्मरण गरे ।

jagdamba.cement

एक जना मानिसले कम्तीमा तीन दिन नुहाउने तथा पोखरीमा डुब्ने चलन र संस्थागतरूपमा पोखरी तथा धाराको व्यवस्थापनले मानिसको चाप ह्वात्तै बढ्न थालेको अवस्थामा तातोपानीको मूल भूकम्पकै असरले सुक्ने भएको थियो । मानिसको चापलाई दृष्टिगत गरी बनाइएका दर्जनौं निजी होटल समेत खाली हुँदै गएका छन् ।

भूकम्प अगाडिको समयमा तातोपानी नुहाउन वार्षिकरूपमा २० हजारभन्दा बढी मानिस त्यस स्थानमा पुग्ने गरेको स्थानीय व्यवसायी किमो तामाङ्नीले बताए । अधिकांश समय चिसो रहने उक्त क्षेत्रमा दैनिक सयौं स्थानीयवासीलाई समेत नुहाउन सहज हुँदै आएको थियो । विगतका समयमा रसुवाका अलावा नुवाकोट, धादिङ एवं मित्रराष्ट्र चीनको भू-भागमा बसोबास गर्ने सीमापारका छिमेकी समेत आउने गरेका थिए ।

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७