ओलीको आशंका : सरकारले अझै पनि निर्वाचन सार्न सक्छ


२८ माघ २०७८, शुक्रबार
kp sharma

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचन नगराउने प्रयास अहिले पनि जारी रहेको आरोप लगाएका छन् । स्थानीय तह निर्वाचन केन्द्रित प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममालाई आज पार्टी केन्द्रीय कार्यालयबाट सम्बोधन गर्दै उनले निर्वाचन नगराउने षडयन्त्र अझै पनि जारी रहेको बताए ।

‘अझै पनि निर्वाचन निश्चित रुपमा गराउने र तोकिए अनुसार निर्वाचन गराउने कुरामा सजग हुन जरुरी छ । अहिले पनि सर्तक हुनुपर्छ निर्वाचन नगराउने षडयन्त्र हुन सक्छ’, उनले भने ।

अध्यक्ष ओलीले फागुनभित्र निर्वाचन नगरेर पर सार्ने र असंवैधानिक बाटोबाट राज्य सञ्चालन गर्ने प्रयास भएको भन्दै स्थानीय तहहरू जनप्रतिनिधिविहीन बनाउने षड्यन्त्र अझै भइरहेको आरोप लगाए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७