संसदमै देउवाको संकेत– माओवादी मन्त्री हटाइदिने


२९ आश्विन २०७४, आईतवार

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादीबाट नियुक्त मन्त्रीहरुलाई हटाइदिने स्पष्ट संकेत गरेका छन् ।राप्रपाबाट बिनाविभागीय चार मन्त्री र चार राज्यमन्त्री नियुक्त गरेका देउवाले तिनलाई मन्त्रालय दिएर माओवादी केन्द्रका मन्त्रीलाई हटाउने संकेत गरेका हुन् ।

sherbahadurdeuba nepali congress

प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीले संविधानविपरीत ६४ सदस्यीय मन्त्रिमण्डल बनाएको भन्दै कडा आलोचना गरेपछि संसदमा शनिबार अन्तिम सम्बोधन गर्दै देउवाले सांकेतिकरुपमा माओवादी मन्त्री हटाउने बताए । ‘मन्त्रिपरिषद् ठूलो भयो भन्ने कुरा आयो, यति उति भन्ने नै छैन, कहाँ भनेको छ यति उति भन्ने रु संक्रमणकालपछि भनेको हो ९संख्या तोकेर०,’ माओवादी मन्त्रीलक्षित गर्दै उनले भने, ‘संख्या घट्न पनि सक्छ, दुई चार दिनपछि, पाँच दिनपछि थाहा पाउनुहोला नि १’

देउवाले थपिएका मन्त्रीलाई शपथ नखुवाउने भयबीच राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक भूमिका निर्वाह गरेको भन्दै धन्यवाद दिए । ‘हिजो राजा कसैसँग उचालिन्थे, उनी उचालिंदै उचालिइन्, त्यसकारण पनि उहाँलाई धन्यवाद दिन चाहन्छु,’ प्रधानमन्त्रीले भने, ‘अक्षरशस् पालना गर्नुभएकोमा हाम्रो पार्टी र म धन्यवाद दिन चाहन्छु ।’ प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले पनि सरकार विस्तारले चुनाव प्रभावित नहुने भनाइ राखेको भन्दै यादवलाई धन्यवाद दिए ।

 –कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७