एमबाप्पेको निर्णायक गोलमा पीएसजीको जित


२९ माघ २०७८, शनिबार
PSG league 1 HGKcRRQOVn

काठमाडौं । फ्रेन्च लिग वानअन्तर्गत शुक्रबार राति भएको खेलमा पेरिस सेन्ट जर्मेन .(पीएसजी) ले रेनसमाथि १-० को जित हात पारेको छ ।
पीएसजीलाई जित दिलाउन दोस्रो हाफको इन्ज्युरी समयमा कायलिन एमबाप्पेले निर्णायक गोल गरे । यससँगै लिग वानको अंक तालिकामा पीएसजीले १६ अंकको स्पष्ट अग्रता लिएको छ ।

लिग वानमा पीएसजीले २४ खेलबाट ५९ अंक जोडेको छ । पीएसजीले अहिलेसम्म लिगमा १८ खेल जितेको छ भने ५ खेलमा बराबरीको नतिजा निकालेको छ । उसले केवल एउटा खेलमा हारको सामना गरेको छ । दोस्रो स्थानमा रहेको मार्सिलेले २३ खेलबाट ४३ अंक जोडेको छ । रेनसले भने २४ खेलबाट ३७ अंक हात पारेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७