भिरबाट लडेर दुई जनाको मृत्यु


१ फाल्गुन २०७८, आईतवार
death

सोलुखुम्बु । सोलुखुम्बुको सोलुदूधकुण्डमा भिरबाट लडेर दुई जनाको मृत्यु भएको छ । सोलुदूधकुण्ड नगरपालिका-२ लबुचेका ६४ वर्षीय पासाङ लामा र सोताङ गाउँपालिका-१ खोर्दाका २६ वर्षीय तेजबहादुर लामिछानेको भिरबाट लडेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार लामाको लबुचे र लामिछानेको सोताङ गाउँपालिका-१ मा रहेको हुँगा दूधकोसी सामुदायिक वनको भिरबाट लडेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी प्रमुख डीएसपी कवित कटुवालका अनुसार गएको बिहीवार छोराको घर जान्छु भनेर हिंडेका लामाको भीरबाट लडेर मृत्यु भएको छ । तीन दिनसम्म लामा छोराको घर नपुगेपछि आफन्तले खोजतलास सुरु गरेका थिए । उनको शनिबार शव फेला परेको हो । लामिछानेको भने घाँस काट्न जाँदा भीरबाट लडेर मृत्यु भएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७