माधव नेपालसहित १४ सांसदविरुद्ध ओलीले हालेको रिट पेशीबाट हटाइयो


१ फाल्गुन २०७८, आईतवार
sarbochha 1

काठमाडौं । माधव नेपालसहित १४ सांसदलाई कारबाही र नेकपा एकीकृत समाजवादी पार्टी खारेज गर्न माग गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले हालेको रिटमा आज पनि सुनुवाइपछि पेशीबाट हटाइएको छ ।

पेशीमा चढे पनि लुम्बिनी प्रदेशका मुख्य न्यायाधिवक्ता कृष्ण सुवेदीले हटाउन माग गर्दै निवेदन दिएका थिए । त्यसपछि यो रिटलाई पेशीबाट हटाइएको हो । न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासमा उक्त रिट पेशी तोकिएको थियो ।
लुम्बिनी प्रदेश सभा सचिवालयबाट प्रतिरक्षामा खटिएका व्यक्तिमा रुघा खोकी र ज्वरो देखिएपछि कोभिड आशंका भएको भन्दै पेशीबाट हटाउन माग गरिएको थियो । त्यहीकारण सोमबार बाहेक अरु दिनको पेशीमा यथाशिघ्र सुनुवाइका लागि पेश गर्न आजको इजलासले आदेश दिएको छ ।

pesi

माधव नेपालसहित १४ सांसदलाई एमालेले गत साउनमा कारबाही गरेको थियो । तर सभामुख अग्नि सापकोटाले उनीहरुलाई कारबाही गरेको सूचना टाँस गरेका थिएनन् । त्यहीबीचमा उनीहरुसहितलाई राखेर माधव नेपालले नयाँ पार्टी दर्ता गरेका थिए ।

त्यसलाई समेत खारेज गर्न माग गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले वारेसमार्फत रिट दर्ता गराएका थिए । सर्वोच्चले यसअघि निर्वाचन आयोग र सभामुख सचिवालयबाट यससम्बन्धी निणर्य गर्दाका कागजात झिकाएको थियो । काममा रोक लगाउन अन्तरिम आदेश माग गरिए पनि अन्तरिम आदेश भने आएको थिएन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७