स्थानीय निर्वाचनमा दुई लाख युवा मतदाता थपिने, एक करोड ७९ लाख मतदाता कायमै

आयोग र मातहतका कार्यालय दिनमा ९ घण्टा खुल्ने, बिदाको दिन पनि काम


१ फाल्गुन २०७८, आईतवार
Nirwachab aayog election commision Nirbachan

काठमाडौं । निर्वाचन आयोगले आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा करिब एक करोड ७९ लाख मतदाता कायम हुने बताएको छ । निर्वाचन आयोगले आज (आइतबार) देखि शुरु गरेको नियमित ‘ब्रिफिङ’ मा यस्तो जानकारी दिएको हो ।

आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले भने, ‘नेपाल सरकारले निर्वाचनको मिति घोषणा गरेको दिनलाई आधार मान्ने गरिएकोमा यस पटक आसन्न स्थानीय सदस्यको निर्वाचनमा १८ वर्ष उमेर पुग्ने मिति २०७९ साल वैशाख २९ गते अर्थात् निर्वाचन हुने दिनभन्दा ठीक अघिल्लो दिनलाई आधार मान्ने गरी निर्दिष्ट मिति ’कट अफ डेट’ निर्धारण गरिएको छ ।’

उनले भने, ‘नेपालको निर्वाचन इतिहासमा पहिलो पटक निर्वाचन हुने दिनभन्दा अघिल्लो दिनलाई आधार मानी १८ वर्ष पुग्ने दिनलाई निर्दिष्ट मिति मान्दा मतदाता नामावलीमा नाम समावेश भएका थप करिब दुई लाख युवाले आफ्नो मताधिकार प्रयोग गर्न पाउने सुनिश्चितता भएको छ । २०७९ साल वैशाख २९ गते १८ वर्ष पुग्ने दिनलाई निर्दिष्ट मिति मान्दा करिब एक करोड ७९ लाख मतदाता कायम हुने अनुमान छ ।’

आयोगले निर्वाचन कार्यतालिका स्वीकृत भएको जनाएको छ । आयोगले मतदाता नामावली अद्यावधिकको काममा जुटेको बताएको छ । आयोगका प्रवक्ता शर्मा पौडेलले अन्तिम मतदाता नामावलीको नाम अद्यावधिक गर्ने कार्य भइरहेको बताए । ‘आसन्न निर्वाचनका लागि सघन तयारीमा जुटिसकेका छौं । निर्वाचन कार्यतालिका स्वीकृत भइसकेको छ,’ उनले भने ।

आयोग र मातहतका कार्यालय दिनमा ९ घण्टा खुल्ने, बिदाको दिन पनि काम
निर्वाचन आयोग र त्यस अन्तर्गतका कार्यालयहरूको कार्यालय समय बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म तय गरिएको छ । स्थानीय निर्वाचनका लागि आयोगले नयाँ समय आफूसहित मातहका कार्यालयमा नयाँ समय तय गरेको हो ।

जुन दिनको ९ घण्टा हुन आउँछ । आयोग र आयोग मातहका कार्यालहरूले बिदाका दिनमा समेत नियमित कार्यसम्पादन गर्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ । स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गतेका लागि तय गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७