महाअभियोग प्रस्तावबारे निर्णय लिन आज एमाले संसदीय दलको बैठक बस्दै


२ फाल्गुन २०७८, सोमबार
amale samasdiya dal baithak1639466534

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को आज (सोमबार) संसदीय दलको बैठक बस्दै छ । बिहान ११ बजे नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बस्ने गरी बैठक आह्वान गरिएको छ ।

बैठकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने जनाइएको छ । विशेष गरी प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता गराइएको महाअभियोग प्रस्तावका विषयमा बैठक केन्द्रित हुनेछ । महाअभियोग प्रस्तावको संसदीय प्रक्रियाबाट प्रतिवाद गर्ने एमालेको तयारी छ ।

एमालेका एक सांसदका अनुसार एमालेले पनि संसद् पुनःस्थापनाको फैसला गर्ने न्यायाधीश र सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने बारेमा निर्णय गर्न सक्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७