कुरानको अपमान गरेको भन्दै पाकिस्तानमा एक जनाको निर्मम हत्या


२ फाल्गुन २०७८, सोमबार
Pakistan murder

काठमाडौं । पाकिस्तानको पञ्जाब प्रान्तमा एक व्यक्तिको भिडको कुटपिटबाट मृत्यु भएको छ । यो घटना पञ्जाबको खानेवाल जिल्लाको तुलंबा शहरमा भएको हो ।

खानेवाल जिल्ला प्रहरी र अतिरिक्त आईजी दक्षिण पञ्जाब कार्यालयले भिडको कुटपिटबाट एक जनाको मृत्यु भएको बताएको छ । प्रहरीका अनुसार अहिलेसम्म यो मामिलामा ८० जनाभन्दा धेरै मानिसलाई पक्राउ गरिएको छ । बीबीसीका अनुसार मारिने व्यक्तिलाई भिडले प्रहरी हिरासतबाटै आफ्नो नियन्त्रणमा लिएर कुटपिट गरी हत्या गरेको थियो । स्थानीयका अनुसार कुरानको अपमान गरेको भन्दै ठूलो भिडले ती व्यक्तिमाथि कुटपिट गरेको हो ।

सामाजिक सञ्जालमा शनिबार राति पोस्ट गरिएको भिडियोमा एक व्यक्तिको शव रुखमा झुड्याइएको देखिएको छ । अर्को एक भिडियोमा भिडको बीचमा मानिसहरुले एक व्यक्तिलाई ढुङ्गा हानिरहेको देख्न सकिन्छ । घटनास्थलमा ठूलो संख्यामा सैनिक परिचालन गरिएको थियो । आक्रोशित भिडले प्रहरीमाथि पनि आक्रमण गरेको थियो । यो घटनामा केही

प्रहरी घाइते भएका छन् भने एक जनाको अवस्था गम्भीर छ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले यो घटनामा दोषीलाई कानुनअनुसार आवश्यक सजाय दिइने बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७