योगेश भट्टराईको चेतावनी : एमसीसी राष्ट्रहितमा छ कि अहितमा, संसदमा देखाउँछौं


२ फाल्गुन २०७८, सोमबार
yogesh bhattrai
फाइल फोटो

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले एमसीसीबारे स्पष्ट धारणा ल्याउन सत्ता गठबन्धनलाई आग्रह गरेको छ । पार्टीका प्रमुख सचेतक विशाल भट्टराईले एमसीसीबारे सत्ता गठबन्धनले आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने बताएका छन् ।

‘एमसीसीको विषयमा एमाले पर्ख र हेरको अवस्थामा छ । जे भए पनि राष्ट्रिय हितको पक्षमा निणर्य गर्छ,’ संसदीय दलको बैठकपछि उनले भने । त्यस्तै एमाले सचिव योगेश भट्टराईले एमसीसीबारे आफूहरुको धारणा संसदमा आउने बताए । ‘एमसीसीमा पनि प्रक्रिया हुन्छ । अहिले ठीक-बेठीक भन्न मिल्दैन । सर्वप्रथम सत्तापक्षको धारणा आउनु पर्‍यो,’ उनले भने ।

उनले एमसीसी पास गर्न एमाले पनि चाहिने भएकाले त्यसका लागि प्रस्ताव आउनुपर्ने बताए । ‘प्रधानमन्त्रीले १६५ जनालाई ह्वीप जारी गरुन् त खेलै सकिन्छ नि,’ उनले भने । उनले एमसीसी राष्ट्रघात छ कि राष्ट्रिय हित भन्ने कुरा संसदमा बताउने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७