एमसीसीबारे अनावश्यक छलफल भइसके, अब चाँडै संसदबाट अनुमोदन हुन्छ : गगन थापा

‘प्रधानन्यायाधीशविरुद्धको महाअभियोग ढिलो भए पनि सहि निर्णय’


२ फाल्गुन २०७८, सोमबार
GaganThapa 1

काभ्रे । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अमेरिकी सहयोग परियोजना (एमसीसी) अब चाँडै संसदमा लगेर अनुमोदन गरिने बताएका छन् ।

काभ्रेको बनेपामा सोमबार नेपाली कांग्रेसको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । लामो समयदेखि उनी एमसीसीबारे मौन बस्दै आएका थिए । ‘एमसीसीबारे अनावश्यक छलफल भइसकेको छ’, उनले भने, ‘छिटोभन्दा छिटो संसद्मा प्रवेश गराएर अनुमोदन गर्नुपर्छ ।’

थापाले फरक प्रसङ्गमा प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव ढिलै भए पनि सही निर्णय भएको तर्क गरेका छन् । न्यायलयको गतिरोध अन्त्यका लागि जबराविरुद्ध महाअभियोग आवश्यक रहेको तर्क उनले गरे ।

‘सर्वोच्च अदालतमा महिनौंदेखि प्रधानन्यायधीशसँग न्यायधीशले बेञ्च शेयर नगरेको अवस्था थियो । बार र बेञ्चमा भएका कोही पनि उहाँसँग बहस गर्न तयार थिएनन्’, थापाले थपे, ’उहाँमाथि संगीन आरोप लागेकाले सहज बहिर्गनका लागि अनुरोध गरेका थियौं । न्याय परिषद् र न्याय सेवा आयोगबाट कर्मचारी प्रशासनमार्फत अतिरिक्त सक्रियता देखाएकाले महाअभियोग दर्ता गरिएको हो ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७