ट्याक्टर दुर्घटनामा १४ वर्षीय चालकको मृत्यु, गाडीधनीको अवस्था गम्भिर


२ फाल्गुन २०७८, सोमबार
accident 6il842ic318ttv9z9ed983337ajqboj0bo7p3g9ny9c

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा भएको ट्याक्टर दुर्घटनामा एक बालकको ज्यान गएको छ । हलेसी तुवाचुङ नगरपालिका-७ हलेसी ऐसेलुखर्कबाट सुनकोसी जाँदै गरेको स १ त ७७३३ नम्बरको ट्याक्टर स्थानीय गोर्दाखा भन्ने ठाउँमा सोमबार बिहान दुर्घटना हुँदा हलेसी तुवाचुङ नगरपालिका-१० अर्खौले नौलापुरका १४ वर्षीय सिटामोल भन्ने शेखर मगरको घटनास्थलमै मृत्यु भएको हो ।

बालक आफैंले ट्याक्टर चलाएका थिए । उनले उमेरै नपुगी ट्याक्टर चलाउँदै आएको खुलेको प्रहरी निरीक्षक साहले बताए । ट्याक्टर दुर्घटनामा ट्याक्टर धनी हलेसी तुवाचुङ नगपालिका-७ हलेसी ऐसेलुखर्कका ३२ वर्षीय नगेन्द्र राई गम्भीर घाइते भएका छन् ।

उनको हलेसीस्थित हेल्थ केयर मेडिकलमा सामान्य उपचार गरी थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक सागर साहले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७