ठगी रोक्न वैदेशिक रोजगार विभागको कार्यालयमै प्रहरी परिचालन


३ फाल्गुन २०७८, मंगलवार
28 Shares
baideshika rojgar

काठमाडौं । वैदेशिक रोजगारमा हुने अनियमितता तथा ठगी नियन्त्रणका लागि वैदेशिक रोजगार विभागमा प्रहरी टोली परिचालन भएको छ ।
नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोबाट प्रहरी नायब उपरीक्षकको नेतृत्वमा सात सदस्यीय प्रहरी टाली पचिालन गरिएको ब्युरोका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिए ।

उनका अनुसार आज बिहानैदेखि सादा पोसाकमा टोली परिचालन भएको छ । विभागसँगको समन्वयमा टोलीले काम गर्ने जनाइएको छ । केहीअघि भ्रमण भिसामा गएर मानिस ठगिएको गुनासो आएपछि गृह मन्त्रालयको समेत ध्यानाकर्षण भएको थियो । यसलाई समेत टोलीले निगरानी गर्नेछ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

टोलीलाई उजुरी लिने, अनुसन्धान गर्ने तथा पक्राउ गर्नेसम्मको अधिकार दिइएको छ । हाल टोली सादा पोसाकमा रहेको र आवश्यकतानुसार परिचालन हुने ब्युरोले जनाएको छ । वैदेशिक रोजगार ऐनमा यससम्बन्धी उजुरी प्रहरीले लिन सक्ने व्यवस्था छ । सोहीअनुसार गृह र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको समन्वयमा ब्युरोबाट प्रहरी टोली पठाइएको हो । रासस

jagdamba.cement

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७