प्रदेश स्थापना दिवस : गण्डकीमा आज सार्वजनिक बिदा


४ फाल्गुन २०७८, बुधबार

पोखरा । गण्डकी प्रदेशमा आज (बुधबार) सार्वजनिक बिदा दिइएको छ । प्रदेश सरकार स्थापना दिवसका अवसरमा सरकारले बिदा दिएको हो ।

‘गण्डकी प्रदेश सरकार, मन्त्रिपरिषद्को मिति २०७८/११/३ गते बसेको बैठकको निर्णयानुसार गण्डकी प्रदेश सरकार स्थापना दिवसको अवसरमा २०७८ साल फागुन ४ गते बुधबारका दिन गण्डकी प्रदेशभरका सरकारी कार्यालय, सार्वजनिक निकाय, संघ/संस्था एवं शिक्षण संस्था समेतमा सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’, आन्तरिक मामिला मन्त्रालयका उपसचिव यामप्रसाद सुवेदीद्वारा मंगलबार जारी सूचनामा भनिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७