विश्वकप छनौटका लागि आज नेपालको यूएईसँग निर्णायक खेल


१० फाल्गुन २०७८, मंगलवार
criket

काठमाडौं । आईसीसी टी-२० विश्व कप क्रिकेट ग्लोबल छनोटको सेमिफाइनलमा नेपालले आज (मंगलबार) युनाइटेड अरब इमिरेट्स (यूएई) सँग खेल्दैछ ।

आजको सेमिफाइनलमा यूएईलाई हराउन सके नेपालले आउँदो अक्टोबर/नोभेम्बरमा अस्ट्रेलियामा हुने टी-२० विश्व कप क्रिकेट खेल्न पाउने छ । नेपाल समूह ‘बी’ को विजेता र यूएई समूह ‘ए’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् ।

नेपालले समूह चरणको अन्तिम खेलमा हिजो क्यानडालाई ८ विकेटले हराउँदै समूह विजेता बन्यो । क्यानडालाई ८ विकेटले पराजित गर्न उत्कृष्ट बलिङ गरेका नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने टी-२० अन्तर्राष्ट्रियमा पहिलो पटक प्लेयर अफ दि म्याच चुनिए । नेपाल समूह ‘बी’ मा ३ खेलमा अपराजित रहँदै शीर्ष स्थानमा रह्यो । यूएई ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अङ्कका साथ नेटरनरेटमा दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगेको हो ।

नेपालले पहिलो खेलमा ओमानलाई ३९ रन र दोस्रो खेलमा फिलिपिन्सलाई १ सय ३६ रनले हराएको थियो । अर्को सेमिफाइनलमा आज ओमान र आयरल्यान्ड पनि खेल्दै छन् । दुवै सेमिफाइनलका खेल आज दिउँसो पौने चार बजे ओमानमा हुनेछ । फाइनलमा पुग्ने दुवै टोलीले विश्व कप खेल्न पाउने छन् । फाइनल खेल आउँदो बिहीवार हुनेछ । चार देश सम्मिलित टी-२० श्रृङ्खलामा नेपाल यूएईसँग २५ रनले पराजित भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७