डोजरले खनेको हेरिरहेका बेला ढिस्को खसेर पुर्दा एकको मृत्यु, दुई जना घाइते


१० फाल्गुन २०७८, मंगलवार
dojar
फाइल फोटो

बागलुङ । बाग्लुङको बडिगाड गाउँपालिकामा सुक्खा पहिरोमा परी एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । बडिगाड- ७ गोठानमा मोटरबाटो विस्तारका क्रममा खसेको सुक्खा पहिरोमा परी स्थानीय ६० वर्षीय गोपीराम कामीको मृत्यु भएको हो ।

इदिखोलादेखि गोठान जोड्ने मोटरबाटो डोजरले खनेको हेर्न आएका विकको माथिबाट खसेको ढिस्कोले पुरिएर मृत्यु भएको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विराट पौडेलले बताए ।

पहिरोमा परी मोटरबाटो उपभोक्ता समितिका अध्यक्ष ३४ वर्षीय दुर्गा विक र ४१ वर्षीय डिलबहादुर विक घाइते भएका छन् । घाइते दुवै जनाको हातमा चोट लागेको र स्वास्थ्य अवस्था सामान्य रहेको छ । घटनाबारे थप अनुसन्धान र उद्धारका लागि प्रहरीको टोली घटनास्थलतर्फ लागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७