वन अधिकृतसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा


१० फाल्गुन २०७८, मंगलवार
Bishes Adalat2020 02 05 05 10 01

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन वन अधिकृत, सहायक वन अधिकृतसहित चार जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

जिल्ला वन अधिकृत भैरवप्रसाद घिमिरे, सहायक जिल्ला वन अधिकृत विन्देश्वर पटेल, कार्यालयका सहलेखापाल जनकराज जोशी र जागरण विकास केन्द्र नेपाल सिम्रौनगढ-११ का अध्यक्ष मदनप्रसाद जैसवारविरुद्ध मुद्दा दायर भएको हो ।

उनीहरुविरुद्ध सोमबार जनही तीन लाख ६० हजार बिगो माग दाबी गरी मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता वेदप्रसाद भण्डारीले बताएका छन् । उनीहरुमाथि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गतको सिम्रौनगढ नगरपालिकास्थित उचिडिहमा वृक्षारोपणका लागि विनियोजित रकम ३ लाख ६० हजार हिनामिना गरेको आरोप छ ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा ९४० बमोजिम सजाय गरी उल्लेखित बिगो जफतसमेत हुन माग दावी गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७