सात महिनामै मुलुकको ब्यापार घाटा १० खर्ब नाघ्यो


१० फाल्गुन २०७८, मंगलवार
bandargaha

काठमाडौं । चालु आर्थिक वर्षको सात महिनामै मुलुकको ब्यापार घाटा १० खर्ब १५ अर्ब नाघेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको माघ मसान्तसम्मको तथ्यांक अनुसार ब्यापार घाटा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३८.४५ प्रतिशतले बढी हो ।

गत वर्षको यसै अवधिमा यस्तो ब्यापार घाटा ७ खर्ब ३३ अर्ब थियो । साउनदेखि माघ मसान्तसम्म कुल ११ खर्ब ४७ अर्ब ४६ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ भने सोहि अवधिमा कुल एक खर्ब ३१ अर्ब ६५ करोड रुपैयाँ बराबरको वस्तु नेपालले अरु मुलुकलाई बिक्री गरेको छ । वस्तु आयात गत वर्षको सोही अवधिको तुलनामा ४२.७८ प्रतिशतले बढी हो भने निर्यात ८८.३ प्रतिशतले बढी हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७