दुबई जान लागेका भारतीय नागरिक अवैध डलरसहित विमानस्थलबाट पक्राउ


११ फाल्गुन २०७८, बुधबार
airport 6

काठमाडौं । काठमाडौंबाट दुबई जान लागेका एकजना भारतीय नागरिकलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । भारतीय नागरिक सतिश पुरुषोत्तम सञ्जानीलाई २० हजार अमेरिकी डलरसहित पक्राउ गरिएको विमानस्थलका एसएसपी भीम प्रसाद ढकालले बताए ।

४५ वर्षीय सन्जानी फ्लाई दुवइको विमान मार्फत दुबई जान लागेका थिए । उनको साथबाट केही परिमाणमा पाउन्ड स्ट्रलिङ्ग पनि बरामद गरिएको छ । उनलाई राजस्व अनुसन्धान विभागमा पठाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७