बिभाजनको संघारमा जसपा, थापाथलीमा नयाँ पार्टी कार्यालयको व्यबस्थापनमा हिसिला यमी


११ फाल्गुन २०७८, बुधबार
Ashok Upendra and Baburam

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) मा बिभाजनको संघारमा पुगेको छ । संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र पार्टी अध्यक्ष उपेन्द्र यादवबीचको टकराबको कारण जसपा बिभाजनको नजिक पुगेको हो ।

कार्यकर्ताहरुले आन्तरिक विवाद मिल्ने आशा गरीरहेको बेला संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई समूह नयाँ पार्टीको लागि कार्यालय व्यबस्थापनमा जुटिसकेको छ ।

स्रोतका अनुसार डा. भट्टराईको श्रीमती समेत रहेकी नेतृ हिसिला यमीले तत्कालिन नयाँ शक्ति पार्टी नेपालको कार्यालय रहेको थापथलीमा कार्यालय राख्ने गरी व्यबस्थापनमा लागेकी छिन् । नेतृ यमीले घरबेटीसँग घर वाहाल सम्झौता समेत गरेर व्यबस्थापनमा लागेकी हुन् ।

पूर्वप्रधानमन्त्री भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल पार्टीबीच २३ फागुन २०७६ मा एकता भएको थियो ।

अध्यक्ष यादवले निर्णय गर्दा पार्टीमा सामूहिक रुपमा छलफल नगर्ने र आफूखुशी निर्णय गर्ने गरेको भन्दै डा. भट्टराई पक्ष असन्तुष्ट छ ।

संघीय परिषद् अध्यक्ष भट्टराईको सिफारिशमा एक जनालाई पनि मन्त्री नबनाएपछि जसपाभित्र असन्तुष्टि चुलिएको हो। इस्तियाक राई, प्रदीप यादव, राजकिशोर यादव, कृषिमन्त्री महेन्द्र यादव लगायतका नेताहरू अध्यक्ष यादव विरुद्ध उभिएका छन्।

अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को बिषयमा पनि विवाद छ । डा. भट्टराई एमसीसीको पक्षमा छन्, भने यादव विपक्षमा ।

राष्ट्रिय सभाको निर्वाचनको लागि समेत उम्मेदवार चयनमा यादवले एकलौटी गरेको विपक्षी नेताहरूको भनाइ छ। सत्ता साझेदार दलहरूसँग चुनावी तालमेल गरेको जसपाले प्रदेश १ मा हेमराज राई र प्रदेश २ मा मोहम्मद खालिद सिद्दीकीलाई उम्मेदवार बनाएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७