सरकारले भन्यो-अत्यावश्यक काम नभए युक्रेनमा नबस्नू, तत्काल फर्कनू


११ फाल्गुन २०७८, बुधबार
pararastra

काठमाडौं । परराष्ट्र मन्त्रालयले युक्रेनमा रहेका नेपालीहरुलाई स्वदेश फर्किन आग्रह गरेको छ । परराष्ट्रले एक सूचना जारी गर्दै त्यहाँको वर्तमान अवस्था तथा विकसित हुँदै गरेका घटनाक्रमको मूल्याङ्कन गरि अति आवश्यक परी त्यही रहनु परेमा बाहेक उपलव्ध व्यवसायिक हवाइ उडानको उपयोग गरी स्वदेश फर्कन भनेको छ । परराष्ट्रले अत्यावश्यक बाहेक हाललाई युक्रेन भ्रमण स्थगित गर्न समेत अनुरोध गरेको छ ।

युक्रेनका लागि समेत सहप्रमाणिकृत नेपाली राजदूतावास, बर्लिन युक्रेनमा रहेका ३८ भन्दा बढी नेपाली नागरिकहरूसँग सम्पर्कमा रहेको र उनीहरू सबै सकुशल रहेको परराष्ट्रले जनाएको छ । युक्रेनमा रहेका नेपाली नागरिकले आवश्यक परेमा नेपाली राजदूतावास, बर्लिन र मस्कोमा सम्पर्क गर्न सक्ने परराष्ट्रले बताएको छ ।

रुसले युक्रेनबाट अलग हुन संघर्षरत दुई राज्य लुहान्स्क र दोनेत्स्कलाई स्वतन्त्र मुलुकको मान्यता दिएपछि युक्रेनी सीमामा तनाब बढेको छ । युक्रेनबाट अलग भएको घोषणा गरेका यी दुई ओब्लास्ट क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिने रुसी कदमविरुद्ध पश्चिमा देशहरु छन् । यही तनाबका कारण दुई देशबीच युद्ध हुने आंकलनहरु भइरहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७