भोलिको संसद बैठकमा एमसीसीमा छलफल, अर्थमन्त्री शर्माले प्रस्ताव गर्ने


११ फाल्गुन २०७८, बुधबार
Parliment house samsad bhawansdetresd scaled

काठमाडौं । प्रतिनिधिसभाको भोलि (बिहीबार) बस्ने बैठकको सम्भावित कार्यसूचीमा अमेरिकी सहायता परियोजना एमसीसी परेको छ ।

फागुन ८ गतेको बैठकमा विवाद र विरोधका बीच टेबल भएको एमसीसी सम्झौता प्रस्तावमाथि छलफल गर्ने प्रस्ताव भोलिको बैठकको कार्यसूचीमा राखिएको छ । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौता प्रस्तावमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । एमसीसी टेबल हुँदा भने शर्मा विरामी परेपछि सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले पेश गरेका थिए ।

१ बजे बस्ने संसदको बैठकअघि विहान ११ बजे कार्यव्यवस्था तथा परामर्श समितिको बैठक बोलाइएको छ । बैठकमा एमसीसी सम्झौतालाई छलफलमा लाने कि नलाने, कसरी लैजाने भन्ने विषयमा सबै दलका सचेतकमार्फत सभामुखले सहमति खोज्ने छन् । फागुन १६ को समय सीमा भएको एमसीसी पारित गर्न सरकारले सबै विकल्पमा संवाद अगाडि बढाउँदै त्यसअगावै पारित गर्ने तयारी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७