हिउँमा चिप्लिएर घोडा लड्दा आठ वर्षीया बालिकाको मृत्यु


१२ फाल्गुन २०७८, बिहीबार
horse

सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-४ मा घोडाबाट लडेर एक बालिकाको मृत्यु भएको छ । स्थानीय आठ वर्षीया बालिका सोनाम छुटिन शेर्पाको घोडाबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोनामसँगै घोडामा सवार ९ वर्षीया बालिका मिङमा कान्छी शेर्पा पनि घोडाबाट लडेकी छन् । उनी सामान्य घाइते भएकी प्रहरीले जनाएको छ । बुधबार बिहान मामाको घोडामा चडेर घर जाँदै गर्दा उनीहरु घोडाबाट लडेका हुन् ।

हिउँमा चिप्लिएर घोडा लड्दा दुबै बालिका घाइते भएका थिए । घाइते सोनामलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७