सभामुखको राजीनामा पर्खिरहेका छौं, नभए महाभियोग आउन सक्छ : ओली


१७ फाल्गुन २०७८, मंगलवार
ba

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटविरुद्ध महाअभियोग प्रस्ताव आउन सक्ने बताएका छन् ।

आज (मंगलबार) काठमाडौंमा पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले एमाले जिम्मेवार पार्टी भएकाले सक्छु भन्ने हेक्का भए पनि महाअभियोगको विषयमा परिस्थिति हेरेर बसेको बताए ।

‘सभामुखमाथि महाअभियोग ल्याउन सकिन्छ । नल्याउन पनि सकिन्छ’, उनले भने, ‘उहाँले राजीनामा नगरे ल्याउन सकिन्छ । उहाँको राजीनामा पर्खिरहका छौं । संसद्ले निष्कासन गर्ने अवस्था नआओस् भन्ने छ । हामी अवस्था हेरेर विचार गर्छौ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७