ओलीले सभामुख हटाउने सपना नदेखे हुन्छ : माधव नेपाल


१७ फाल्गुन २०७८, मंगलवार
madhav kumar

काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सभामुख अग्निप्रसाद सापकोटाको पक्षमा दृढ भएर उभिने बताएका छन् ।

एमसीसीबारे धारणा सार्वजनिक पार्टीले आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले सभामुखको पक्षमा आफूहरु दृढ भएर उभिने बताए । उनले भने, ‘हामी दृढ भएर उभिन्छौं । सभामुखले केपी ओलीकासामु घुँडा टेक्ने नचिताए हुन्छ, जुन सभामुखले सांसदको अधिकार रक्षा गर्नु भएको छ, संसद्को गरिमा जोगाएर राख्नु भएको छ, उहाँमाथि धारेहात लगाउने ? आरोप लगाउने ? गरिमाको रक्षा नगर्ने ? त्यसकारण हामी सभामुखको पक्षमा दृढ भएर उभिन्छौँ ।’

मंगलबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष केपी शर्मा ओलीले राजीनामा दिएर सम्मानजनक बहिर्गमनमा जान सापकोटालाई आग्रह गरेका थिए । राजीनामा नदिए महाभियोगमार्फत संसदबाट निष्कासन गर्ने चेतावनी दिएका थिए । उनले भने, ‘ओलीले सभामुख हटाउने सपना नदेखे हुन्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७