धरानको होटलमा मृत भेटिएकी महिला सुमित्रा तामाङ, हत्याको कारण अवैध सम्बन्ध

श्रीमान रोजगारीका लागि विदेशमा, नेपालमा श्रीमतीको हत्या गरेर प्रेमी फरार


१७ फाल्गुन २०७८, मंगलवार
case

सुनसरी । सुनसरीको धरानस्थित कान्तिपुर होटलमा मृत्त भेटिएकी महिलाको पहिचान खुलेको छ ।
धरान उपमहानगरपालिका-१८ स्थित कान्तिपुर होटलको १०९ नम्बर कोठामा भेटिएको शव पाँचथर मिक्लाजुङ गाउँपालिका-१ कि ३९ वर्षीय सुमित्रा तामाङको भएको प्रहरीले जानकारी दिएको छ ।

होटलमा भेटिएको शव ३९ वर्षीय सुमित्रा तामाङको भएको अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय धरानका डीएसपी नरेन्द्र कुवरले जानकारी दिए । घटनास्थलमा भेटिएको फोटोसहितको ताामाङको मतदाता परिचयपत्रका आधारमा उनको शव सनाखत गरिएको कुवरले बताए । आजै शवको सनाखत गरिएको छ ।

मृतक तामाङ आइतबारदेखि धनकुटाका एक पुरुषसँग होटलमा बसेको खुलेको छ । तामाङ र ती पुरुषबीच अवैध सम्बन्धपछि उत्पन्न विवादका कारण महिलाको हत्या भएको खुलेको डीएसपी कुवरले जानकारी दिए । तामाङको हत्या गरेपछि प्रेमी भनिएका पुरुष फरार छ्न् ।

हत्यामा संलग्न रहेका पुरुषको पहिचान भइसकेकाले पक्राउ गर्न प्रहरी परिचान गरिएको कुवरले बताएका छन् । उनले इटहरीमा रहेका मृतकका छोराछोरीलाई घटनास्थलमा बोलाएर शवको मुचुल्का तयार गरी शव परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाएको बताएका छन् । मृतकका श्रीमान नर्बु तामाङ वैदेशिक रोजगारीमा बहराइनमा छन् । श्रीमान रोजगारीका लागि विदेश गएपछि सुमित्राले परपुरुषसँगको सम्बन्धमा रहेको अनुसन्धानहरुबाट खुल्न आएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७