एमालेको नाराबाजीकै बीच राष्ट्रिय सूचना आयोगको प्रतिवेदन पेश गर्दै सकियो संसद वैठक

सभामुखको राजीनामा माग


१८ फाल्गुन २०७८, बुधबार

काठमाडौें । प्रतिनिधिसभाको बैठक राष्ट्रिय सूचना आयोगको प्रतिवेदन पेश भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन २०७७/७८ पेश गरेका छन् ।

१ बजेका लागि बोलाइएको बैठक समय भन्दा १५ मिनेट ढिलो गरी शुरु भएको थियो । बैठक शुरु भए लगत्तै एमाले सांसदहरूले उठेर अवरोध गरेका थिए । उनीहरूले संसदीय मर्यादा पालनाको माग गर्दै पछिल्लो सात महिनादेखि संसद बैठक अवरोध गर्दै आएका छन् ।

आफूले कारबाही गरेको १४ सांसदलाई कारबाही गरेको सूचना प्रकाशित नगरेको भन्दै एमाले सभामुखसँग रुष्ट छ । पछिल्लो समय उसले सभामुख अग्निप्रसाद सापकोटाको बहिर्गमन र १४ सांसदलाई कारबाहीको माग गर्दै आएको छ । प्रतिनिसभाको अर्को बैठक फागुन २२ गते दिउँसो १ बजे बस्नेछ ।

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७