संसद चलेको छैन, हाजिर गर्दै भत्ता लिंदा नराम्रो लाग्छ : बाबुराम भट्टराई

‘सरकारले संसद अवरोधको निकास खोज्न नसक्नु गैरजिम्मेवारीपन’


१८ फाल्गुन २०७८, बुधबार
baburam bhattarai
फाइल फोटो

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारले संसद अवरोधको निकास खोज्न नसक्नु गैरजिम्मेवारीपन भएको बताएका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै अध्यक्ष भट्टराईले जनताको समस्या संसदमा नराखी ज्याला लिनु लज्जास्पद भएको बताएका हुन् । पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष भट्टराईले सरकारले संसदको अवरोध नहटाउनु जनताप्रतिको अपमान भएको आरोप लगाए ।

उनले संसद चल्दै नचलेको बेलाको पनि पारिश्रमिक लिनुपर्दा आफूलाई नराम्रो लागेको पनि बताएका छन् । ‘जनताको सर्वोच्च प्रतिनिधिसभा ६ महिनादेखि बन्द बस्नु उपयुक्त हुँदैन । यो दुःखद् भयो । सबै जिम्मेवार बनेर यसको निकास खोजौं भन्ने कुरा मैले राखेको छु । सबै कुराको निकास खोज्न सकिन्छ ।’

उनले थपे, ‘यो एकदमै गैरजिम्मेवार भयो । हामी आउँछौं भत्ता बुझ्छौं हिंड्छौं, जनताको समस्या राख्दैनौँ भने बिना कामको ज्याला लिनु राम्रो होइन । यो बेठिक भइरहेको छ । यसको छिटो निकास निस्कनु पर्छ । यो शोभनीय भएन, जनताप्रति अपमान हो ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७