युक्रेनमा झण्डै पाँच सय रुसी सैनिक मारिए : मस्को


१९ फाल्गुन २०७८, बिहीबार
russian army ukraine dV7AubgIwU

किभ । रुसको रक्षा मन्त्रालयले युक्रेनमा आफ्ना झण्डै पाँच सय सैनिक मारिएको जानकारी दिएको छ । मन्त्रालयले गत बिहीबार सैन्य कारबाही शुरु भएयता ४९८ जना रुसी सैनिक मारिएको बताएको छ । त्यस्तै एक हजार ५९७ सैनिक घाइते भएको मन्त्रालयको भनाइ छ । रुसले पहिलो पटक सैन्य कारबाहीका क्रममा मारिने र घाइते हुने सैनिकको संख्या सार्वजनिक गरेको हो ।

यसअघि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले करिब ६ हजार रुसी सैनिक मारिएको दाबी गरेका थिए । तर बुधबार रुसी रक्षा मन्त्रालयका प्रवक्ता इगोर कोनाशेन्कोले आफ्नो सेनातर्फ ठूलो क्षति भएको भनेर आएको उक्त समाचारलाई ‘दुष्प्रचार’ (डिस इन्फर्मेशन) भनेका छन् ।

‘विशेष सैन्य कारबाही’ का क्रममा मारिएका सैनिकका परिवारलाई सबै आवश्यक सहयोग प्रदान गरिने पनि प्रवक्ता कोनाशेन्कोले बताए । उनका अनुसार रुसी कारबाहीमा दुई हजार ८७० जना युक्रेनी सैनिक मारिएका र तीन हजार ७०० जना घाइते भएका छन् ।

तर यसबारे युक्रेनका अधिकारीले कुनै प्रतिक्रिया दिएका छैनन् भने युक्रेनी सेनातर्फ भएको भनेर रुसले दिएको विवरण हालसम्म पुष्टि हुन सकेको छैन । युक्रेनमा रुसको सैन्य कारबाहीमा परी मानवीक्ष क्षति समेत भएको छ । बिहीबार राष्ट्र संघको मानव अधिकार कार्यालयले २२७ जना सर्वसाधारणको ज्यान गएको र ५२५ जनाको मृत्यु भएको बताएको छ ।

यता शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले १० लाख युक्रेनीले देश छाडेर छिमेकी मुलुक गएको बताएको छ । अलजजिराबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७