नेपाल लाइफ इन्स्योरेन्स शेयर संरचना बदल्दै


७ चैत्र २०७४, बुधबार
nepal life insurense

काठमाडौं, ७ चैत : नेपाल लाइफ इन्स्योरेन्सले संस्थापक तथा साधारण शेयरधनीको शेयर स्वामित्वको संरचनालाई परिर्वतन गर्ने तयारी थालेको छ । जसका लागि कम्पनीले संस्थापक शेयरधनीको दश प्रतिशत सेयर साधारण शेयरमा परिणत गर्ने भएको छ ।nepal life insurense

अहिले कम्पनीमा संस्थापकको ७० प्रतिशत तथा साधारण शेयरधनीको ३० प्रतिशत शेयर स्वामित्व रहेको छ । यसलाई परिर्वतन गरेर संस्थापकको ६० तथा साधारणको शेयरधनीको स्वामित्व ४० प्रतिशत कायम गर्ने प्रस्ताव साधारण सभामा लगिने भएको छ । उक्त साधारण सभाले कम्पनीले आफ्ना शेयरधनीलाई वितरणका लागि प्रस्ताव गरेको ७०.५३ लाभांश पारित गर्नेछ । कम्पनीले ४२ प्रतिशत बोनस तथा २८.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जसका लागि कम्पनीले चैत्र २८ गते बुधबार होटल भिष्वा, वीरगञ्ज पर्सामा विहान साढे ९ बजे अठारौं बार्षिक साधारण सभा बोलाएको छ ।

साधारणसभा प्रयोजनका लागि चैत्र १४ गतेदेखि कम्पनीको शेयरधनी दर्ता पुस्तिका बन्द रहने छ । जस अनुसार कम्पनीले प्रस्ताव गरेको लाभांश पाउन र साधारण सभामा भाग लिन चैत्र १३ गतेसम्म शेयरधनी कायम हुनुपर्नेछ । अहिले दोस्रो बजारमा कम्पनीको सेयरमूल्य प्रतिकित्ता १७२७ रुपैयाँ छ । कम्पनीको चुक्ता पूँजी तीन अर्ब ९ करोड रुपैयाँ छ । बोनसपछि कम्पनीको पूँजी चार अर्ब ३९ करोड नाघ्नेछ । इन्स्योरेन्सले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्ममा २७ करोड ९६ लाख खुद नाफा गरेको छ । जसको प्रति सेयर आम्दानी १८.०६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २७२.९३ रुपैयाँ र प्रतिशेयर कूल सम्पतिको मूल्य १७४७ रुपैयाँ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७