कर्मचारीको अध्यक्षमा पौडेल समूहका पोखरेल बिजयी, देउवा समूहका पराजीत


७ चैत्र २०७४, बुधबार
gopal pokhrel 1

चितवन, ७ चैत । नेपाली कांग्रेसभित्र सबै मोर्चामा शेरबहादुर देउवासँग पराजीत भएर निराश भएको रामचन्द्र पौडेल समूहलाई चितवनमा मंगलबार सम्पन्न निजामती कर्मचारी युनियनको निर्वाचनको परिणामले थोरै खुसी प्रदान गरेको छ । चैत ४ देखि सुरु भएर ६ गते सम्पन्न नेपाली कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन संघको सातौं महाधिवेशनले पौडेल समूह निकट गोपाल पोखरेलको अध्यक्षतामा ८० सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ ।gopal pokhrel 1

महाधिवेशनबाट पौडेल समूह निकट पोखरेलले अध्यक्ष जितेका छन् । पार्टी सभापति शेरबहादुर देउवाको समर्थन पाएका राजेन्द्र बुढाथोकी पराजीत भएका छन् । कार्यसमितिका बरिष्ठ उपाध्यक्ष सुरेन्द्र अधिकारी, महिला उपाध्यक्ष शान्ता अर्याल, उपमहासचिव दुर्गा फुयाँलहरु पनि पौडेल समूहका हुन् ।
युनियनका निवर्तमान अध्यक्ष सुबोधकुमार देवकोटाले बुढाथोकीलाई जिताउन साम दाम दण्डभेदको नीति अख्तियार गरे पनि सकेनन् । देवकोटाकै अलोकप्रियताका कारण देउवा समूह युनियनमा पराजीत भएको बताइएको छ । पार्टीको संस्थापन पक्षले देवकोटाकै कारण बुढाथोकी पराजीत भएको निष्कर्ष निकालेको छ । देवकोटाले ६ बर्षभन्दा बढी समयसम्म युनियनको नेतृत्व गर्दा विधि, पद्धति सबै मिचेर दादागिरी देखाएका कारण पनि युनियनमा देउवा समूह पराजीत हुन पुगेको युनियनका एक नेताले बताएका छन् ।

युनियनको आडमा सडकका सरुवा र ठेक्कापट्टामा करोडांै रुपैयाँ असुली गरेको आरोप लागेका देवकोटा युनियनमा लज्जास्पद रुपमा पराजीत भएका छन् । आफूले अध्यक्ष छाड्दा विगतमा भवानी थानीले आफूले समर्थन गरेका देवकोटालाई जिताएका थिए । तर सुबोधकुमार देवकोटाले युनियनभित्र तानाशाही लादेर सबैलाई पेल्न खोज्दा उनले समर्थन गरेका बुढाथोकी पराजीत भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७