एमाले आजबाट पहिलो पार्टी बन्यो : ओली


२९ आश्विन २०७४, आईतवार
KP sharma oli

काठमाडौं : एमालेका अध्यक्ष केपी शर्मा ओलीले शनिवार संसद् विगठन भएपछि देशको ठुलो दल एमाले बनेको बताएका छन् ।
आइतबार बालकोटस्थित आफ्नै निवासमा राप्रपाका नेता गंगाप्रसाद यादवलाई पार्टीमा प्रवेश गराउँदै संसद् विगठन भएकोले आजको दिनबाट स्थानीय तह निर्वाचनका आधारमा एमाले देशको ठुलो पार्टी बनेको ओलीले बताएको हो । ओलीले एमालेविरुद्ध फैलाइएको भ्रम र झुटको खेतीलाई एमालेले चिरेर अगाडि बढ्ने बताएको छ ।

KP sharma oli
ओलीले तराईमा एमालेविरुद्ध चलाइएको गलत भ्रम चिरेर जनप्रतिनिधिसभा र प्रदेशिकसभामा ठुलो पार्टी बन्ने दाबी गरेको छ । ओलीले थपे आफू प्रधानमन्त्री हुँदा तराईको शिक्षा, स्वास्थ्य, रोजगारी, सिँचाइ, सडक, घर हस्तान्तरण जस्ता विकासका काम सुरु गरे पनि त्यसपछिको सरकारले ती कार्यक्रमलाई अलपत्र पारेको आरोप लगाए ।
निवर्तमान उपसभामुख यादवले पार्टी प्रवेश गर्दै हिमाल, पहाड तराईलाई जोड्ने ओलीको सोचले नै एमालेमा समाहित भएको बताए । आजकै दिनबाट आफू एमाले बनेको बताउँदै उनले भने, ‘ओली सरकारले गरेका काम र देशलाई एकतामा बाध्न उहाँले खेलेको भूमिकाले मलाई एमालेमा समाशिहत हुन बाध्य बनायो।’
उनले भने, ‘मैले मेरो पूर्वपार्टीका अध्यक्ष कमल थापालाई उपसभामुख रहुञ्जेल नैतिकताका आधारमा पार्टी छाड्न मिल्दैन भनेको थिएँ, त्यसैले निवर्तमान भएकै भोलिपल्ट एमाले प्रवेश गरेको हुँ, ओली नेतृत्वको सरकारले गरेको काम र हिमाल, पहाड तराईलाई जोड्ने ओलीको सोचले नै एमालेमा समाहित भएको हुँ ।’
यादवलाई एमाका महासचिव ईश्वर पोखरेल र एमाले नेता सुवास नेम्वाङलगायतले टीका र खादा ओढाएर स्वागत गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७