जनजाती महासंघको अध्यक्षमा गेल्जे शेर्पा, महासचिवमा दिवस राई विजयी (सूचीसहित)


११ चैत्र २०७८, शुक्रबार
nepal adhibasi

काठमाडौं, ११ चैत । नेपाल आदिवासी जनजाती महासंघको १०औं राष्टिय महाधिवेसनले गेल्जे लामा शेर्पाको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । नवलपरासीको कावासोतीमा सम्पन्न महाधिवेशनले गेल्जे लामा शेर्पाको नेतृत्वमा महासंघको नयाँ कार्यसमिति चयन भएको हो ।

महासंघको वरिष्ठ उपाध्यक्ष बुद्द घर्ति भुजेल निर्विरोध रुपमा चयन भएका छन । त्यस्तै उपाध्यक्ष पदमा युवराज जिरेल, ध्यानी उराँव, क्षेत्रबहादुर थकाली, गम्भिर सिंह गुरुङ भोटे, लाक्पा शेर्पा ९ढोक्या०, लहरी जिमी र श्रुती कुमाल निर्वाचित भएका छन ।

त्यसैगरी महासचिवमा दिवस राई चयन भएका छन । महाधिवेशनबाट उपमहासचिवमा रामकृष्ण लामा ब्लोन तामाङ चुनिएका छन । ८ जना सचिव निर्विराध निर्वाचित गरेको महाधिवेशनले विमल सारु मगरलाई कोषाध्यक्षमा चयन गरेको छ भने रिदार नोसाङ भोटे सहसचिवमा निर्विरोध निर्वाचित भएका छन ।

सुचिसहित

Nirbachan parinam 503x768 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७