आन्तरिक विवाद मिलाउन सके काँग्रेस सबैभन्दा बलियो पार्टी : शेखर कोइराला


१२ चैत्र २०७८, शनिबार
shekhar koirala

काठमाडौं, १२ चैत । नेपाली काँग्रेसका नेता शेखर कोइरालाले पार्टीभित्रको आन्तरिक विवाद मिलाउन सकेको खण्डमा काँग्रेस सबैभन्दा बलियो पार्टी बन्ने दावी गरेका छन् । बिपी स्मृति सामुदायिक सहकारी अस्पतालको १४ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै १४ औं महाधिवेशनमा सभापतिका प्रत्यासी कोइरालाले गठबन्धन मात्रै भनेर अघि बढिरहे भारतको काँग्रेस ९आई० को हालत हुन सक्नेतर्फ सचेत हुन जोड दिए ।

‘‘एमाले र माओवादी विगतमा जस्तै फेरि पनि मिल्न सक्छन् तर गठबन्धन मात्रै गर्दा गर्दा काँग्रेस आइको हालत नहोला भन्न सकिन्न,’ कोइरालाले भने, ‘गत १० वर्षको काँग्रेस आइ गठबन्धन गर्दागर्दै अहिले चारैतिर कमजोर भएको छ । यसलाई बुझ्नु पर्छ ।’ कोइरालाले गठबन्धनतर्फ जाने भन्दा पनि पार्टीको आन्तरिक मजबुतीलाई बलियो बनाउन जोड गरे ।

‘सबैभन्दा पहिला त पार्टीको आन्तरिक बिषयलाई मजबुत र एकजुट बनाउनुपर्छ, त्यसो गर्न सके काँग्रेस बलियो हुन्छ । हुन त सभापतिज्यू त्यसमा लागिरहनुभएको छ,’ कोइरालाले अगाडि भने, ‘यो तमाम काँग्रेस कार्यकर्ताको भावना पोखिरहेको छ,

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७