सन् १९८६ पछि पहिलो पटक विश्वकपमा क्यानडा


१४ चैत्र २०७८, सोमबार
Canada football YffO7QMryB

काठमाडौं । क्यानडा सन् १९८६ पछि पहिलो पटक फिफा विश्वकपमा पुगेको छ । आइतबार राति भएको खेलमा जमैकालाई ४-० गोल अन्तरले पराजित गर्दै क्यानडाले विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

आइतबारका जितसँगै क्यानडा उत्तर अमेरिकी छनोटअन्तर्गत शीर्ष ३ मा रहने पक्का भएको हो । उत्तर अमेरिकाबाट सोझै विश्वकपमा छनोट हुन अब अमेरिका, कोस्टारिका, मेक्सिको र पानामाको सम्भावना बाँकी छ । यीमध्ये दुई टोली सोझै विश्वकपमा पुग्नेछन् । चौथो हुने टोलीले प्लेअफ खेल्ने मौका पाउने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७