ज्योति मगर र आस्था राउतबीच ‘हानाहान’


९ चैत्र २०७४, शुक्रबार
jyoti aastha

काठमाडौं, ९ चैत : गायन शैलीका कारण सधैजसो चर्चामा रहने गायिका ज्योति मगर र अर्की गायिका आस्था राउतबीच अहिले फेसबुक वार चलिरहेको छ । उनीहरुले सामाजि सञ्जालमा एकले अर्कोलाई खुइलाउने गरी स्टाटसहरु लेखेर मिडिया वार गरिरहेका छन् ।jyoti aastha

नेपालका विभिन्न ठाउँमा आयोजना हुने मेला–महोत्सवमा राम्रा गायक–गायिकाको भन्दा  उच्छृङ्खल गीतको माग बढेको भन्दै गायिका आस्था राउतले फेसबुकमा स्ट्याटस लेखेपछि गायिका तथा मोडल ज्योति फेसबुक वारमा उत्रिएकी हुन् । पछिल्लो आफ्नो फेसबुक वालमा लेखिन्, ‘म पनि डिमाण्ड हुने कलाकार हुँ । तर, अण्डर १८ ले सुन्नै नहुने दोहोरी एकोहोरी प्रस्तुती दिने प्रविधिको खुलेरै विरोध गर्नुपरेको छ । कलाकार आइडल हुने भएकाले राम्रो बनौं बोली र छाडापनमा लगाम लगाऔं भनेको हो । व्यक्तिगत त जे सुकै गर बालै फरर ।’aastha

ज्योति पनि के कम । आस्थाले लेखेको यो स्ट्याटसमा ज्योतिले प्रतिक्रिया दिइन्, ‘मिडियाले कभर दिन छाडेपछि फण्डा अपनाउनै परो । फेसबुकको वालमा भुकेको भुक्यै । कुन कलाकारलाई हेर्ने नहेर्ने भनेर दर्शकलाई थाहा छ । उहाँहरूको चिन्ता गर्न तिमी छाडिदेऊ ।’ उसो त नेपाली कलाकारिता क्षेत्रमा यसरी एकले अर्काको आलोचना गर्ने गरिएको कुरा नयाँ होइन । तर, साँस्कृतिक सम्भयताको कुरा गर्ने कलाकारहरुले सामाजिक सञ्जाल प्रयोग गरेर एकले अर्कालाई खुइलाउने काम गर्नु त्यति शोभनीय होइन ।jyoti

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७