नेपालमा पहिलो पटक आइपुग्यो ४० लाख मात्रा साइनोभ्याक खोप


१५ चैत्र २०७८, मंगलवार
Cropped 1625707221 02 24T020518Z 775469194 RC2QYL9TW30O RTRMADP 3 HEALTH CORONAVIRUS THAILAND VACCINES 2 scaled

काठमाडौं । नेपालमा पहिलो पटक चीनबाट ४० लाख मात्रा साइनोभ्याक खोप आएको छ । स्वास्थ्य सेवा विभागका अनुसार चीन सरकारको अनुदानमा शनिबार ३५ लाख र सोमबार ५ लाख डोज खोप आएको हो । विभागको व्यवस्थापन महाशाखाअन्तर्गतको आपूर्ति शाखाका फार्मेसी अधिकृत बडेबाबु थापाले साइनोभ्याक खोप प्राप्त भएको जानकारी दिए ।

यो खोप १८ वर्षमाथिका नागरिकलाई लगाउन मिल्ने बताइएको छ । यो खोप चीनको यसअघिको खोप भेरोसेल जस्तै दुई डोज लगाउनु पर्ने खोप हो ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चीनको साइनोभ्याक खोपलाई गत जेठमा आपतकालीन प्रयोगका लागि स्वीकृति दिएको थियो । भेरोसेल खोप चीनबाट अनुदान र नेपाल सरकारले खरिद गरेर ल्याएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७