स्थानीय तह निर्वाचन : आयोगले बोलायो सर्वदलीय बैठक


१६ चैत्र २०७८, बुधबार
Nirwachab aayog election commision Nirbachan

काठमाडौं । स्थानीय तहको निर्वाचनसम्बन्धी छलफलका लागि निर्वाचन आयोगले यही चैत २२ गतेका लागि सर्वदलीय बैठक बोलाएको छ ।

निर्वाचन आचारसंहिता लागू गर्नेलगायत विषयमा सुझाव लिन सर्वदलीय बैठक बोलाएको आयोगका एक अधिकारीले जानकारी दिए । २२ गतेको बैठकमा दलहरुको सुझाव लिएर आचारसंहिता लागू गर्ने दिन टुंगो लगाउने तयारी आयोगले गरेको छ ।

स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते हुँदैछ । चैत २५ गतेपछि आचारसंहिता लगाउने आयोगको तयारी छ । निर्वाचन आचारसंहितालाई आयोगले अन्तिम रुप दिइसकेको छ ।

३० वैशाखको निर्वाचनको लागि आयोगले उम्मेदवारी दर्ता ११ र १२ वैशाखका लागि तोकेको छ । निर्वाचन नजिकिँदै गर्दा दलहरु मतदाता रिझाउने अभियानमा तीव्रताका साथ लागेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७