इजिप्टलाई हराउँदै सेनेगल विश्वकपका लागि छानियो


१६ चैत्र २०७८, बुधबार
Senegal qualify World cup VKtHpolEZj

काठमाडौं । सेनेगल कतारमा हुने फिफा विश्वकप २०२२ को लागि छानिएको छ । मंगलबार राति भएको खेलमा इजिप्टलाई पेनाल्टी सुटआउटमा पछि पार्दै सेनेगलले विश्वकपमा आफ्नो स्थान पक्का गरेको हो ।

तेस्रो चरणको दोस्रो लेगको खेलमा मंगलबार सेनेगलले इजिप्टमाथि १-० गोल अन्तरको जित हात पारेको थियो । यसअघि पहिलो लेगम इजिप्ट १-० गोलले विजयी भएको थियो । यो नतिजासँगै खेल पेनाल्टी सुटआउटमा गएको हो । जसमा सेनेगलले इजिप्टलाई ३-१ गोल अन्तरले पाखा लगायो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७