सत्ता गठबन्धनको बैठक बस्दै : चुनावी तालमेल मुख्य एजेण्डा


१७ चैत्र २०७८, बिहीबार
Satta 1

काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूको बैठक आज (बिहीबार) बस्ने भएको छ । बैठक आउँदो वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि गठबन्धनमा आबद्ध दलहरूको समीकरणका विषयमा केन्द्रित हुने जनाइएको छ ।

बुधबार चितवन पुगेका सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चुनावी तालमेल केन्द्रबाट नै हुने बताएका थिए । ‘महानगर र उपमहानगरपालिकालाई केन्द्रबाटै तालमेल गर्ने भन्ने छलफल चलेको छ । बिहीबार बस्ने गठबन्धनको बैठकबाट केही न केही निर्णयमा छौं’, उनले भने ।

तर, सत्ताको नेतृत्वकर्ता दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले चुनावी तालमेल स्थानीय तहले आवश्यकता अनुसार गर्ने निणर्य गरिसकेको छ । सो निणर्यपश्चात् गठबन्धनमा आबद्ध दलहरू समीकरण बनाउन छलफलमा जुट्न लागेका हुन् ।

अध्यक्ष प्रचण्डले कांग्रेसको केन्द्रीय समितिको बैठकले निर्णय गरेपछि गठबन्धनका बीचमा आवश्यकताअनुसार तालमेल हुने कुरालाई स्पष्ट पारेको पनि बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७