सरकारमा जाने तयारीमा रहेको लोसपाकाे कार्यकारिणी बैठक बस्दै, यस्ता छन् एजेण्डा


१७ चैत्र २०७८, बिहीबार
losapa

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) केन्द्रीय कार्यकारिणी बैठक आज (बिहीबार) पनि बस्ने भएको छ । बुधबारबाट शुरु भएको बैठक आज पनि बस्ने भएको हो ।

बैठक दिउँसो १ बजे बस्ने जनाइएको छ । बुधबारको बैठकमा आसन्न स्थानीय तह निर्वाचनका लागि तालमेलका विषयमा कार्यकारिणी सदस्यहरूले धारणा राखेका छन् । बैठकमा धारणा राख्ने सदस्यहरूले पार्टीलाई उपलब्धि हुने गरी तालमेल गर्न नेतृत्वलाई सुझाव दिएका छन् । व्यक्तिगत स्वार्थभन्दा पनि नयाँ निर्माण भएको पार्टीलाई स्थापित गर्नेगरी तालमेल गर्न सुझाव आएको छ ।

बैठकमा बोल्ने केन्द्रीय सदस्यहरूले तालमेलको निणर्य केन्द्रबाट नभई जिल्लास्तरबाट हुनुपर्ने धारणा राखेका छन् । बैठकमा गठबन्धन गर्दा जिल्ला तहलाई बढी सक्रिय बनाउनुपर्ने धारणाहरू आएका छन् ।

बैठकमा स्थानीय तह निर्वाचनका लागि उमेदवार छनोट प्रक्रिया, निर्वाचनमा टिकट वितरण गर्ने अधिकार, निर्वाचन घोषणापत्र, पार्टीको विधान संशोधनलगायत एजेण्डा प्रस्तुत भएको छ । लोसपा सरकारमा जाने कुराको पनि अहिले चर्चा चलिरहेको छ । सरकारमा सहभागी हुने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग केहि पटक छलफल समेत भएको नेताहरुले बताउँदै आएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७