जफत गरिएका रुसी धनाढ्यहरूको सम्पत्ति युक्रेनका लागि प्रयोग गर्न माग


१७ चैत्र २०७८, बिहीबार
2 what to do with seized russian aasets1648658252

न्युयोर्क । अहिले विश्वमा प्रतिबन्धमा परेका रुसी सम्पत्ति थुप्रिने क्रम जारी रहेको छ । पश्चिमा जगतमा रहेका अत्यन्तै महँगा आलिसान पानी जहाज, जग्गा जमिन र अन्य वस्तुहरूमाथि तिनीहरूका मालिकको नियन्त्रण नहुने अवस्था छ । तर, यसो भन्दैमा ती मूल्यवान भौतिक वस्तुहरू पश्चिमी सरकारहरूका स्वामित्वमा पनि आइसकेका भने छैनन् ।

गत २४ फेब्रुअरीमा रुसले युक्रेनमा आक्रमण गरेयता रुसमाथि लगाइएको आर्थिक प्रतिबन्धको कारण जफत गरिएका यस्ता वस्तुहरूको प्रयोग तथा स्वामित्व सम्बन्धमा युरोपभरि फरक फरक नीति नियम र कानुन रहेका छन् ।

अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउसले हालै प्रतिबन्धको नियमअनुसार जफत गरिएका केही सम्पत्तिका उदाहरण पेश गरेको छ । अमेरिकाको प्रचलित कानुनअनुसार प्रतिबन्धको कारबाहीमा परेका सम्पत्ति कानुनी रूपमा एकातिर पन्छाएर राखिए पनि अन्ततः त्यसलाई तिनीहरूका मालिकलाई नै फर्काउन सकिन्छ ।

अहिले अमेरिकाको क्यापिटल हिलका दुवै निकाय र सम्भवत सरकारमा रहेका नीति निर्माताहरू विश्वभरि छरिएर रहेका यस्ता सम्पत्तिको अनिश्चित स्थितिलाई परिवर्तन गर्नेबारे क्रियाशील रहेका छन् । केहीले त रुसको क्रेमलिनसँग सम्बन्धित अर्बपतिहरूका ती सम्पत्ति जफत गर्ने मात्र नभई तिनीहरूलाई बेचेर सो पैसा युक्रेनलाई दिन चाहन्छन् । ओहाइयोका रिपब्लिकन सिनेटर रोव पोर्टम्यानले हालै सिनेटको फ्लोरमा प्रतिबन्ध विस्तार गर्दै क्रेमलिनका समर्थकहरूका सम्पत्ति जफत वा रोक्का मात्र नगरी त्यसलाई अन्य उपायमा समेत लानुपर्ने विचार व्यक्त गरेका छन् ।

पोर्टम्यान र कोलराडोका डेमोक्रेट सिनेटर माइकल बेन्नेटले ’युक्रेनका लागि राहत-कानुन’ नामक विधेयक समेत प्रस्तुत गरेका छन् । यस विधेयकमा रुसी पक्षबाट जफत गरिएका सम्पत्ति युक्रेनी शरणार्थी, पुनर्निर्माण र अन्य मानवीय प्रयासहरूमा खर्च गरिनुपर्ने सुझाव उल्लेखित छन् । १ मार्चमा स्टेट अफ दी युनियनलाई सम्बोधन गर्ने क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी धनाढ्यहरूका अवैध सम्पत्ति जफत गर्न आह्वान गरेका थिए ।

यसैबीच मंगलबार लन्डनमा भाषण दिने क्रममा बेलायतका उपअर्थमन्त्री वाल्ली एडिएमाले अमेरिकी सरकार र यसको गठवन्धनले रुसी व्यक्ति विशेषमाथि थप प्रतिबन्ध लगाउनका लागि गर्नसक्ने कार्यका रूपरेखाबारे चर्चा गरेका थिए । याहु फाइनान्सबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७